नेपालको तराई क्षेत्रमा रहेको बारा जिल्लामा चारकोसे झाडीको वन क्षेत्र रहेकोमा बढ्दो जनसंख्या, चरीचरन, वन पैदावारको चोरी निकासी, वर्षेनी हुने गरेको आगलागी, वन अतिक्रमण तथा विकास निर्माण (फास्ट ट्रयाक, हाईटेन्सन लाईन विस्तार र अन्तराष्ट्रिय विमान स्थल) आदि कारणले गर्दा चारकोसे झाडी लोप हुने अवस्थामा पुगेको कुरा सर्व विदितै छ । जिल्ला वन कार्यालय बारा रुपान्तरणको प्रक्रियामा छ । रुपान्तरणको प्रक्रियामा हामी नया शासकीय प्रणालीलाई अवलम्ब नगर्ने प्रक्रियामा छौ। हामी आधारभूत रुपमा वन क्षेत्रको सुशासनलाई चुनौती दिदै आएको दण्डहिनतालाइ नियन्त्रण गर्ने प्रयाशमा अनवरतला गिरहेका छौ । यस्तो अवस्थामा हामी सबै मिलेर वन, वातावरण, जैविक विविधताको संरक्षण गरी भविष्यमा मानवलाई हुने असुविधाबाट जोगाउनु हामी सबै कर्तब्य हो । यसको लागि नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालय तथा वन विभागको पहलमा वन संरक्षण, सम्बद्र्धन, दिगो वन ब्यवस्थापन र सदुपयोग गर्ने विभिन्न कार्यक्रमहरु यस जिल्लामा संचालन भए पनि चरीचरन, वन पैदावार चोरी निकासी, आगलागी तथा वन अतिक्रम नियन्त्रण जस्ता कामहरु साधनश्रोतको अभावमा चाहे जति हुन नसकी रहेको कुरा अवगत गराउन चाहन्छु । यसले भविष्यमा निम्त्याउने भ्यावह वातावरणीय दुष्परिमाणलाई मध्य नजर गरी चुरे संरक्षण, निजी वन प्रवद्र्धन, बृहत् बृक्षरोपण तथा वन संरक्षण कार्यमा सबै तह र क्षेत्रबाट टेवा पु¥याई भावी पुस्ताको भविष्य सुरक्षित गरौ भनी सबैमा निवेदन गर्न चाहन्छ । तसर्थ आ–आफ्नो जग्गामा रुख रोपौ, आम्दानी बढाऔ र भावी सन्तानको भविष्य सुनौलो बनाऔ । धन्यवाद ।
।

विश्वकाे ठूलाे क्षेत्रफलमा खेतीपाती गरिदै अाएकाे छ । वाँकी रहेकाे थाेरै क्षेत्रफल बाट वन‚ वनस्पती‚ वन्य जन्तु तथा परिस्थिती प्रणाली जीवन्त राख्नु हाम्राे लागि चुनैति भएकाे छ । वर्तमान जनसंख्याकाे प्रतिव्यिक्त उपयाेग वढदै जाँदा वन क्षेत्रकाे उत्पादक त्तवसंग समायाेजन हुन सकेकाे छैन । त्यसैलबाट जलवायू परिवर्तनका नकरात्मक असर समेत न्यूनिकरण गर्न वन क्षेत्रकाे अपरिहार्यता रहेकाे छ । यस वाहेक हामी वन क्षेत्र संग जोडिएका हरेक वक्तित्वहरु (कर्मचारी, व्यवशायी, सामुदायिकवनका पदाधिकारी र वनपैदावर प्रयोग गर्ने हरेक प्रयोगकर्ता ) को सोचाईमा रुपान्तरण होस्भन्ने चाहन्छौ, र तेस्को निम्ति अवसर दिने प्रयाशमा छौ | हामी वास्तवमा जनतालाई शुसासनको प्रत्याभूति दिन मुख्यत दुइ कुरामा ध्यान दिंदै आएका छौ – एक मानिसको सोचाईमा परिवर्तन होस्र दोस्रो कानुनको इमान्दारितापुर्वक प्रयोग होस् | हाम्रो यस अभियानमा सबैको सहयोगर हने अपेक्षा गर्दछौं |
भैरव प्रसाद घिमिरे
-जिल्ला वन अधिकृत
जनसंख्या वृद्धिसंगै तराई क्षेत्रमा बसाई सराई बढ्दो छ । यस क्षेत्रका खासगरी झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र उदयपुर जिल्लामा जनसंख्याको चापको साथसाथै विकास निर्माणका कारण वन क्षेत्रमा नकारात्मक प्रभाव परेको देखिन्छ ।
वन तथा भु-संरक्षण मन्त्रालय
वन बिभाग
राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण बिभाग
भु तथा जलाधार संरक्षण विभाग
स्थानीय विकास मन्त्रालय
अर्थ मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालय
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा सहकारी मन्त्रालय
श्रम तथा यातायात ब्यवस्थापन मन्त्रालय
भूमिसुधार तथा ब्यवस्थापन मन्त्रालय
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
शान्ति तथा पुर्ननिर्माण मन्त्रालय
भौतिक योजना तथा निर्माण मन्त्रालय
रक्षा मन्त्रालय
नेपाल सरकार
प्रधान मन्त्रि तथा मन्त्रि परिषद् को कार्यालय
गूगल
रेड् सेल, वन मन्त्रालय
http://www.mofsc-redd.gov.np